कैलाश गाउँपालिका १ नम्वर वडा अध्यक्षमा कांग्रेसका ब्लोन निर्वाचित

तु खबर संवाददाता
२०७९ बैशाख ३१, शनिबार २०:०७

मकवानपुर । मकवानपुरको कैलाश गाउँपालिका वडा नम्वर १ मा नेपाली कांग्रेसका तेजबहादुर ब्लोन निर्वाचित भएका छन् । उनी ८ मतान्तरले विजयी भएका छन् । उनले ३७४ मत प्राप्त गर्दा नेकपा एमालेका कमल बहादुर तितुङ्ले ३६६ मत ल्याएका थिए ।

त्यस्तै माओवादी केन्द्रका उम्मेदवारले ९५ मत ल्याएका थिए । नेपाली कांग्रेसले ३ वटा वडामा जित हात पारेको छ भने माओवादी केन्द्र र नेकपा एमालेले १/१ वटा वडा जितेको छ ।