प्रधानमन्त्री देउवाले गरे मतदान
डडेलधुरा । प्रधानमन्त्री शेरबहादुर देउवाले मतदान गरेका छन् । कांग्रेस सभापतिसमेत रहेका देउवाले डडेलधुराको गन्यापधुरा गाउँपालिकाको रुवाखोलास्थित असिग्राम मावि मतदान केन्द्र ‘ख’ बाट मतदान गरेका हुन् ।
मतदानका लागि प्रधानमन्त्री देउवा शुक्रबार बिहानै धनगढीबाट डडेल्धुरा पुगेका थिए ।
