परिवार दलका सह–महामन्त्री सुर्खेतीले गरे मतदान

तु खबर संवाददाता
२०७९ बैशाख ३०, शुक्रबार ०८:३१

मकवानपुर । नेपाल परिवार दलका केन्द्रीय सह–महामन्त्री मनोजकुमार सुर्खेतीले मतदान गरेका छन् । उनले विहान ७ः ५० बजे हेटौंडा उपमहानगरपालिका वडा नम्वर–१८ दोभानचौरस्थित कमला निम्न माद्यमिक विद्यालय पुगेर मतदान गरेका हुन् ।

मतदानपश्चात सुर्खेतीले निर्वाचन स्वच्छ र निश्पक्ष ढंगबाट सम्पन्न गर्न सबैको महत्वपूर्ण भूमिका हुने बताउँदै मतदाताहरुलाई कुनै त्रास वा प्रलोभनमा नपरी मतदान प्रक्रियामा सहभागी हुन अपिल गरे ।

मकवानपुरको सबैभन्दा बढी मतदाता हेटौंडा उपमहानगरपालिकाको रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय हेटौंडाले जनाएको छ । हेटौंडामा मात्र १ लाख ४ हजार ४ सय ५० जना मतदाता रहेका छन् । हेटौंडाका विभिन्न मतदान केन्द्रहरुमा मतदाताहरुको उत्साहपूर्ण सहभागिता देखिएको छ ।