राष्ट्रपति भण्डारीद्वारा दुई अध्यादेश जारी

तु खबर संवाददाता
२०७९ बैशाख २५, आईतवार १८:४८
file-photo

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले दुई अध्यादेश जारी गरेकी छन् । आइतबार संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा अध्यादेश जारी गरेकी हुन् ।

राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यद्वारा जारी गरेको विज्ञप्तिमा औषधि (तेस्रो संशोधन) अध्यादेश र स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संशोधन) अध्यादेश स्वीकृत भएको उल्लेख गरिएको छ ।

हेर्नुहोस् विज्ञप्ति ।