मतदान केन्द्र भएको विद्यालयमा ३ दिन विदा

तु खबर संवाददाता
२०७९ बैशाख २४, शनिबार ०९:१७
file-photo

काठमाडौं । यही बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको मतदान केन्द्र तोकिएको विद्यालयमा ३ दिन विदा दिने निर्णय गरिएको छ । मतदान केन्द्र रहेका विद्यालयमा बैशाख २८ गतेदेखि ३० गतेसम्मका लागि अघिल्ला दुई दिन विद्यालय बन्द गर्ने निर्णय गरिएको हो ।

निर्वाचन आयोगको अनुरोधअनुसार नेपाल सरकारको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले विद्यालयहरुमा विद्यार्थीलाई भौतिक उपस्थिति नगराउन सूचना जारी गरेको छ । केन्द्रले निर्णय कार्यान्वयन गराउन भन्दै सबै जिल्लाका शिक्षा विकास तथा समन्वय इकाईलाई अनुरोध गरेको छ । स्थानीय तहको निर्वाचनका लागि मतदान तथा निर्वाचनसम्बन्धी व्यवस्थापकीय कार्य सञ्चालन गर्नका लागि विद्यालयमा विद्यार्थीलाई भौतिक उपस्थिति नगराउन अनुरोध गरिएको हो ।