हेटौंडा–११ मा सत्ता गठवन्धनको घरदैलो
मकवानपुर । स्थानीय निर्वाचनमा राजनीतिक दलहरु घरदैलो चुनावी अभियानमा छन् । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ११ मा पनि सत्ता गठवन्धनले घरदैलो अभियान गरिरहेको छ । दलहरुले आ–आफ्नो पार्टीको नेतृत्वमा आएपछि गर्ने कामहरुको प्रतिवद्धतापत्र बोकेर घरदैलो अभियानमा छन् । हेटौंडा–११ मा गठबन्धनबाट नेकपा माओवादीका मधुकुमार थापा मगर (विशेष) को वडाध्यक्ष पदमा उम्मेदवारी रहेको छ ।
गठवन्धनबाट वडाध्यक्षमा माओवादीले पाएको छ भने ४ जना वडा सदस्य नेपाली कांग्रेसले पाएको छ । कांग्रेसबाट वडा सदस्यका उम्मेदवारहरु खुल्ला सदस्यहरुमा विकास नेपाल, सञ्जय बिडारी, महिला सदस्य भेषकुमारी थापा, दलित महिला सदस्य टक्कु बिश्वकर्मा रहेका छन् ।
यस्तै, हेटौंडा–११ को वडाध्यक्षका लागि नेकपा एमालेबाट जुना दाहालले उम्मेदवारी दिएकी छन् । वडा सदस्य उम्मेदवार खुल्लामा सूर्यबहादुर खुलाल, प्रभाकर पुडासैनी, महिलामा गोपिनी सापकोटा र दलित महिला सदस्य गीता सुनार रहेका छन् । यसैगरी, हेटौंडा–११ को वडाध्यक्षका लागि तीर्थ रोक्काले स्वतन्त्र उम्मेदवारी दिएका छन् । यही बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा हेटौंडा–११ को अध्यक्ष पदका लागि ३ जनाको उम्मेदवारी परेको छ । । यसअघि २०७४ सालमा भएको स्थानीय निर्वाचनमा हेटौंडा–११ मा नेकपा एमालेको प्यानल विजयी भएको थियो ।
