हेटौंडा–७ को सार्वजनिक स्थलमा एमालेको झण्डैझण्डा

तु खबर संवाददाता
२०७९ बैशाख २२, बिहीबार १६:५०

मकवानपुर । नेकपा एमालेले हेटौंडा उपमहानगरपालिका वडा नम्वर ७ मा निर्वाचन आचारसंहिता विपरित सार्वजनिक स्थलमै झण्डा राखेको पाइएको छ । एमाले ७ नम्बरले आचारसंहित उल्लङ्घन गर्दै विद्युत प्राधिकरणको पोल र वडा कार्यालय र शहरी स्वास्थ्य केन्द्र नागस्वतीको पर्खालै सुर्य अङ्कित झण्डा राखेको पाइएको हो ।

यसअघि एमालेले हेटौंडा–५ नम्बर वडामा एमालेले नेपाल विद्युत् प्राधिकरणको पोलमा झण्डा तथा पर्चाहरु टाँसेको पाइएको थियो । निर्वाचन आचारसंहिता विपरित विद्युतीय पोल सार्वजनिक स्थलमामा कुनैपनि राजनीतिक दलले झण्डा व्यानर टाँस्नु र झुण्डाउन पाइँदैन ।

यसअघि हेटौंडा–५ मा पोलमा राखेको झण्डा आचारसंहिता विपरीत रहेको भन्दै निर्वाचन आयोगको कार्यालयको निर्देशनमा प्रहरीले हटाउन लगाएको थियो ।