सार्वजनिक विदाबारे छलफल गर्न स्वास्थ्य मन्त्रालयले बैठक बोलायो

तु खबर संवाददाता
२०७९ बैशाख २१, बुधबार १७:११

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्यसँग सम्बन्धित सरोकारवाला निकायहरूलाई छलफलमा बोलाएको छ । मन्त्रालयले आगामी जेठदेखि आइतबार ओपिडी सेवा खुलाउने वा नखुलाउने भन्ने विषयमा छलफल गर्न स्वास्थ्यसँग सम्बन्धित सरोकारवाला निकायहरूलाई बिहीबारका लागि छलफलमा बोलाएको जनाएको छ ।

मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीका अनुसार, सरकारले आइतबार र शनिबार सार्वजनिक विदा दिने निर्णय गरेपनि स्वस्थ्य क्षेत्रले निर्णय लिन सकेको छैन । मन्त्रालयमा बिहीबार दिउँसो १ बजे बस्ने बैठकमा पेशागत संगठनका प्रतिनिधि र अस्पतालका निर्देशकहरू बोलाइएको र त्यही बैठकबाट निर्णय लिइने उनको भनाइ छ ।