बाढीले बगाउँदा १५ वर्षीया किशोरीको मृत्यु

तु खबर संवाददाता
२०७९ बैशाख २०, मंगलवार ०९:१२
file photo

दाङ । दाङको बबई गाउँपालिकामा बाढीले बगाउँदा किशोरीको मृत्यु भएको छ । जिललाको बबई–४ स्थित हस्तनापुरको चाईकेरे चोकदेखि पुर्व तिरको चिरामा आएको बाढीले बगाउँदा १५ वर्षीया सन्ध्या परियारको मृत्यु भएको इलाका प्रहरी कार्यालय हापुरे जनाएको छ ।

बाढीले बगाउँदा गम्भीर घाइते भएकी उनलाई अस्पताल लगिएको थियो । तर, उनलाई उपचारको लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । उनी हापुरे मावि पदमपुरमा कक्षा १० मा अध्ययनरत थिइन् ।