निर्वाचन आचारसंहिता उल्लंघन गर्ने सरकारी कर्मचारीलाई स्पष्टीकरणको माग
मकवानपुर । मुख्य निर्वाचन अधिकृतको कार्यालय हेटौंडाले निर्वाचन आचारसंहिता विपरित राजनीतिक दलको चुनावी अभियानमा हिड्ने सरकारी कर्मचारीहरुलाई स्पष्टीकरण सोधेको छ ।
हेटौंडाका विभिन्न क्षेत्रका कर्मचारीहरू आचारसंहिता विपरित राजनीतिक दलको चुनावी अभियानमा हिडेको समाचार र उजुरीको आधारमा उनीहरूलाई २४ घण्टे स्पष्टीकरण सोधेको सहायक निर्वाचन अधिकृत सागर शर्माले जानकारी दिए ।
उनीहरूको जवाफ प्राप्त भएपछि जिल्ला निर्वाचन अनुगमन समितिमा आवश्यक कारवाहीका लागि पठाइने छ । त्यस्ता कर्मचारीहरूलाई निर्वाचनमा नखटाउने गरी हटाउने निर्णय समेत भएको सहायक निर्वाचन अधिकृत शर्माले बताए । साथै फेसबुकमा राजनीतिक दलको प्रचार गर्ने कर्मचारीसंग पनि जवाफ मागिएको उनले जानकारी दिए ।
