भोलि देशभर सार्वजनिक विदा

तु खबर संवाददाता
२०७९ बैशाख १९, सोमबार १५:२४

काठमाडौं । सरकारले भोलि मंगलबार देशभर सार्वजनिक विदा दिने निर्णय गरेको छ । नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार इस्लाम धर्मालम्बीहरुको पर्व ईद (उल उल फित्र) का दिन विदा सार्वजनिक विदा दिने व्‍यवस्था भएको गृहमन्त्रालयले जनाएको छ ।

मन्त्रालयले सोमबार जारी गरेको सूचनामा भनिएको छ, ‘२०७९ बैशाख २० गते मंगलबार सार्वजनिक विदा कायम भएको सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।’

हेर्नुहोस् सूचना ।