हेटौंडा–११ मा गठबन्धनको सम्पर्क कार्यालय उद्घाटन

तु खबर संवाददाता
२०७९ बैशाख १८, आईतवार १६:५६

मकवानपुर । हेटौंडा उपमहागनरपालिका वडा नम्वर ११ नवलपुरमा आज सत्तारुढ गठबन्धनको सम्पर्क कार्यालय उद्घाटन गरिएको छ । नेकपा एकीकृत समाजवादीको तर्फबाट हेटौंडा उपमहानगरपालिकाको मेयरको उम्मेदवार मीनाकुमार लामा र नेपाली कांग्रेसको तर्फबाट उपमेयरको उम्मेदवार राजेश बानियाँले आइतबार एक कार्यक्रमबीच संयुक्त रुपमा उक्त सम्पर्क कार्यालयको उद्घाटन गरेका हुन् ।

कार्यक्रममा नेकपा एकीकृत समाजावदीको केन्द्रीय सदस्य तथा बागमती प्रदेशसभाका सदस्य मुनु सिग्देल, नेपाली कांग्रेस मकवानपुरका पूर्वसभापति माइकल रामचन्द्र आर्याल, नेकपा माओवादी केन्द्रका नेता प्रकाश पाण्डे, हेटौंडा–११ का वडाध्यक्ष उम्मेदवार माओवादीबाट मधुकुमार थापा मगर (विशेष), महिला सदस्य उम्मेदवार कांग्रेसबाट भेषकुमारी थापा, दलित महिला सदस्य उम्मेदवार कांग्रेसबाट टक्कु विश्वकर्मा, खुल्ला सदस्य उम्मेदवार कांग्रेसबाट सञ्जय बिडारी र विकास नेपाललगायतको उपस्थिति रहेको थियो । यस्तै, सो क्रममा १ हजार १११ सदस्यीय निर्वाचन प्रचारप्रसार समिति निर्माण गरिएको थियो ।