हेटौंडामा बर्डफ्लु पुष्टि, ३ हजारभन्दा बढी कुखुरा नष्ट

तु खबर संवाददाता
२०७९ बैशाख १६, शुक्रबार १६:३०
file photo

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ७ नागस्वतीको एक पोल्ट्री फर्ममा बर्डफ्लु पुष्टि भएको छ । बिहीबार नागस्वतीका कुखुरा व्यवसायी राजन खड्काको आदर्श पोल्ट्री फर्ममा बर्डफ्लु पुष्टि भएको हो ।

बर्डफ्लु पुष्टि भएपछि ३ हजार ४५३ वटा लेयर्स प्रजातिका कुखुरा नष्ट गरिएको छ । भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र हेटौंडा, मकवानपुर कुखुरा व्यवसायी संघ, जिल्ला प्रशासन कार्यालय मकवानपुरको प्रतिनिधि लगायतको उपस्थितिमा कुखुरा, अण्डा र दाना नष्ट गरिएको हो ।

सो फार्ममा पालिएको ३ हजार ४५३ वटा कुखुरा, ५ हजार ७८० वटा अण्डा र ४५० केजी दाना नष्ट गरिएको विज्ञ केन्द्रका प्रमुख डाक्टर ब्रज किशोर ठाकुरले जानकारी दिए ।