म्यादी प्रहरी मृत फेला

तु खबर संवाददाता
२०७९ बैशाख १६, शुक्रबार ०८:३८
सांकेतिक तस्वीर

हुम्ला । हुम्ला सदरमुकाम सिमकोटमा एक जना म्यादी प्रहरी मृत अवस्थामा फेला परेका छन् । सिमकोट माथिल्लो बजारस्थित साथीको कोठामा पुगेका एक जना म्यादी प्रहरी मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।

सर्केगाड गाउँपालिका–६ घर भइ हाल सिमकोटमा रहेका अन्दाजी ४५ वर्षीय जसबहादुर रोकाया मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, उनी साथीको कोठामा मृत फेला परेका थिए । झ्याल–ढोका बन्द रहेको र उनी भूइँमा मृत फेला परेका हुन् । उक्त घटनाको विषयमा आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।