हेटौंडा-१ मा गठबन्धनको सम्पर्क कार्यालय उद्घाटन
मकवानपुर । आसन्न स्थानीय तह निर्वाचनको लागि सत्तारुढ गठबन्धनले हेटौंडा–१ मा सम्पर्क कार्यालयको उद्घाटन गरेको छ । गठबन्धनबाट हेटौंडा उपमहानगरको मेयर/उपमेयरको उम्मेदवार बनेका मिनाकुमारी लामा र राजेश बानियाँले मंगलबार एक कार्यक्रमबीच नरिवल फुटाउँदै कार्यालयको उद्घाटन गरेका हुन् ।
लामा नेकपा एकीकृत समाजवादीबाट मेयर पदको उम्मेदवार भनेका हुन् भने बानियाँ नेपाली कांग्रेसबाट उपमेयर पदको उम्मेदवार बनेका हुन् । कार्यक्रम नेकपा एकीकृत समाजवादीको केन्द्रीय सदस्य तथा बागमती प्रदेशसभा सदस्य मुनु सिग्देलको प्रमुख आतथ्यतामा भएको हो । कार्यक्रममा गठबन्धनका विभिन्न पार्टीका नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो ।
