एमालेद्वारा बकैयामा अध्यक्ष, उपाध्यक्षसहित सबै पदमा उम्मेदवारी दर्ता

तु खबर संवाददाता
२०७९ बैशाख १२, सोमबार १९:०१
file-photo

मकवानपुर । आसन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले बकैया गाउँपालिकाको अध्यक्ष/उपाध्यक्ष सहित १२ वटै वडा अध्यक्ष तथा सदस्य पदहरुमा उम्मेदवारी दर्ता गरेको छ । नेकपा एमाले बकैयाको पार्टी कार्यालय हात्तिसुंडेबाट र्याली सहित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर अध्यक्षको लागि सरला बोलखे तथा उपाध्यक्षको लागि लालबहादुर स्याङ्तानले उम्मेदवारी दर्ता गराएका हुन् ।

गाउँपालिका अध्यक्षकी उम्मदेवार बोलखे यस अघिको निर्वाचनमा एमालेको तर्फबाट गाउँपालिका उपाध्यक्षमा निर्वाचित भएकी थिइन् । गाउँपालिका अध्यक्ष कांग्रेसले जितेको अवस्थामा उपाध्यक्षमा भने एमालेकी बोलखे विजयी भएकी थिइन् । कांग्रेसले नेतृत्व जितेको गाउँपालिका भएपनि उपाध्यक्ष बोलखेले महत्वपूर्ण कार्य गरेको भन्दै काम गरेकै आधारमा उनलाई अध्यक्षको टिकट दिइएको हो ।