गठबन्धनबाट हेटौंडाको मेयरमा लामा र उपमेयरमा बानियाँको उम्मेदवारी दर्ता

तु खबर संवाददाता
२०७९ बैशाख १२, सोमबार १७:१६

मकवानपुर । सत्तारुढ गठबन्धनले हेटौंडा उपमहानगरपालिकाको मेयर र उपमेयर पदमा उम्मेदवारी दर्ता गराएको छ । गठबन्धनबाट हेटौंडाको मेयर पदमा नेकपा एकीकृत समाजवादीकी मीनाकुमारी लामा र उपमेयर पदमा नेपाली कांग्रेसका राजेश बानियाँले उम्मेदवारी दर्ता गराएका हुन् ।

उनीहरु दुबैले मनोनयनपत्र दर्ता गराइसकेका छन् । उनीहरुले हेटौंडा उपमहानगरपालिका वडा नम्वर २ स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन् । गठबन्धनले मनोनयनपूर्व दलबलसहित बाजागाजा गरी बजार परिक्रमा समेत गरेको थियो ।

मेयर पदमा उम्मेदवारी दिएकी लामा २०७४ सालको निर्वाचनमा एमालेबाट हेटौंडा उपमहानगरपालिकाको उपमेयरमा निर्वाचित भएकी थिइन् भने उपमेयर पदमा उम्मेदवारी दिएका बानियाँ २०७४ को निर्वाचनमा हेटौंडा–५ का वडा अध्यक्ष निर्वाचित भएका थिए ।