जसपाबाट हेटौंडाको मेयर र उपमेयरमा उम्मेदवारी दर्ता
मकवानपुर । आसन्न स्थानीय तह निर्वाचनका लागि जनता समाजवादी पार्टी (जसपा) ले हेटौंडा उपमहानगरपालिकाको मेयर र उपमेयर पदमा मनोनयन दर्ता गराएको छ । सत्तारुढ गठबन्धनभित्रै रहेका जसपाले हेटौंडाको मेयर र उपमेयर पदमा भने छुट्टै मनोनयन दर्ता गराएको हो ।
जसपाबाट हेटौंडाको मेयर पदमा दीपा लामा र उपमेयर पदमा हरिहर खतिवडाले मनोनयन दर्ता गराएका हुन् । उनीहरुले हेटौंडा उपमहानगरपालिका वडा नम्वर २ स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन् ।
आसन्न निर्वाचनका लागि हेटौंडा उपमहानगरपालिकाको मेयर र उपमेयर पदमा यसअघि नेकपा एमालेले मनोनयन दर्ता गराएको छ । एमालेबाट मेयरमा अनन्त पौडेल र उपमेयरमा सुमित्रा काफ्लेले मनोनयन दर्ता गरेका हुन् ।
