एमालेबाट हेटौंडाको मेयरमा पौडेल र उपमेयरमा काफ्लेद्वारा मनोनयन दर्ता

तु खबर संवाददाता
२०७९ बैशाख १२, सोमबार १४:०९

मकवानपुर । नेकपा एमालेले हेटौंडा उपमहानगरपालिकाको मेयर र उपमेयर पदमा मनोनयन दर्ता गराएको छ । आसन्न स्थानीय तह निर्वाचनका लागि एमालेले हेटौंडाको मेयर र उपमेयर मनोनयन दर्ता गराएको हो ।

एमालेबाट हेटौंडाको मेयरमा अनन्त पौडेल र उपमेयरमा सुमित्रा काफ्लेले मनोनयन दर्ता गराएका हुन् । उनीहरुले हेटौंडा उपमहानगरपालिका वडा नम्वर २ स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन् । एमालेले मनोनयनपूर्व दलबलसहित बाजागाजा गरी बजार परिक्रमा समेत गरेको थियो ।

त्यस्तै, एमालेबाट हेटौंडाको १९ वटै वडाका अध्यक्षका उम्मेदवारहरुले मनोनयन दर्ता गराएका छन् । एमालेबाट वडा नम्वर १ मा उत्तमप्रसाद पौडेल, २ मा हरिबहादुर राउत, ३ मा रामकुमार पुडासैनी, ४ मा नविन सिग्देल, ५ मा शुसिल घिमिरे, ६ मा विश्वराज राई, ७ मा राजन थापा ८ मा बोलबहादुर कार्की र वडा नम्वर ९ मा लक्ष्मणप्रसाद भण्डारीले मनोनयन दर्ता गरेका छन् ।

यसैगरी, वडा नम्वर १० मा फुर्वादोर्जे लामा, ११ मा जुना दाहाल, १२ मा राजेश नगरकोटी, १३ मा पेम्बा लामा, १४ मा दिपक खड्का, १५ मा सुनिल मोक्तान, १६ मा बसन्तप्रसाद लामिछाने, १७ मा लक्ष्मण खुलाल, १८ मा अनिलकुमार बानियाँ र वडा नम्वर १९ मा नरनाथ सुवेदीले मनोनयन दर्ता गरेका छन् ।

अन्य पालिकाहरुमा पनि एमालेले उम्मेदवारी दर्ता गराउने क्रम चलिरहेको छ । एमालेले मनहरी र भीमफेदी गाउँपालिकामा भने आइतबार नै उम्मेदवारी दर्ता गराइसकेको थियो ।