बालुवाटारमा गठबन्धन बैठक जारी
काठमाडौं । सत्तारुढ गठबन्धन कार्यदलको बैठक बालुवाटारमा जारी छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धन बैठक बिहान ९ बजेदेखि सुरु भएको हो । गठबन्धन कार्यदलको बैठकमा विशेष गरी स्थानीय तहको निर्वाचनमा गठबन्धनभित्रै तालमेलको विषयमा छलफल हुने बताइएको छ ।
पछिल्लो समय गठबन्धन भित्रका दलहरुले पनि गठबन्धन बाहिरका दलहरूसँग तालमेल गरिरहेको भन्दै त्यसलाई गठबन्धन भित्र नै तालमेल गरेर अघि बढ्नुपर्नेमा बैठकले जोड दिने नेताहरुले बताएका छन् । यही बैशाख ३० गते देशभर स्थानीय तहको निर्वाचन हुँदैछ ।
