थाहाको मेयरमा कांग्रेस वीपीका भोम्जनले गरे मनोनयन दर्ता
मकवानपुर । मकवानपुरको थाहा नगरपालिकाको मेयर पदमा एक जनाले मनोनयन दर्ता गरेका छन् । आसन्न स्थानीय तह निर्वाचनका लागि थाहाको मेयर पदमा नेपाली कांग्रेस वीपीबाट विरबहादुर भोम्जनले मनोनयन दर्ता गराएको निर्वाचन अधिकृत तिर्थराज भट्टराईले जानकारी दिए ।
त्यस्तै, थाहा नगरपालिका वडा नम्वर ५ र ९ को वडाध्यक्ष पदका लागि एक/एक जनाले मनोनयन दर्ता गराएका छन् । थाहा–५ को वडाध्यक्ष पदका लागि नेपा राष्ट्रिय पार्टीका पूर्णबहादुर थिङले मनोनयन दर्ता गराएका छन् भने थाहा–९ को वडाध्यक्ष पदका लागि स्वतन्त्रबाट सरोजकुमार रेग्मीले मनोनयन दर्ता गराएको निर्वाचन अधिकृत भट्टराईले बताए ।
थाहाको मेयर र उपमेयर पद र वडाध्यक्ष पदका लागि सत्तारुढ गठबन्धन, नेकपा एमाले, राप्रपा, राप्रपा नेपाल लगायतका दलहरुले भोलि बैशाख १२ गते अपराह्न ५ बजेसम्म उम्मेदवारी दर्ता गर्ने निर्वाचन अधिकृत भट्टराईले बताए ।
