धादिङमा गठबन्धनले टुंग्यायो उम्मेदवारीको भागबण्डा

तु खबर संवाददाता
२०७९ बैशाख ११, आईतवार १५:५०

काठमाडौं । धादिङमा सत्तारुढ गठबन्धनले आसन्न स्थानीय तह निर्वाचनका लागि उम्मेदवारीको भागवण्डा टुंगो लगाएको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले स्थानीय तहको प्रमुख र उपप्रमुख पदमा उम्मेदवारीको भागवण्डा टुंगो लगाएको हो ।

गठबन्धनको सहमति अनुसार नेपाली कांग्रेसले ८ स्थानीय तहको प्रमुख र ४ स्थानीय तहको उपप्रमुख पाउनेछ भने नेकपा माओवादी केन्द्रले ३ स्थानीय तहको प्रमुख र ५ स्थानीय तहको उपप्रमुख पाउनेछ । यस्तै, नेकपा एकीकृत समाजवादीले २ स्थानीय तहको प्रमुख र ४ वटाको उपप्रमुख पाएको छ । धादिङमा गठबन्धनमै रहेको जनता समाजवादी पार्टी भने भागवण्डामा समावेश छैन ।