हेटौंडाका पोखरेल प्रहरीको फन्दामा

तु खबर संवाददाता
२०७९ बैशाख ११, आईतवार १५:१५

मकवानपुर । मकवानपुर प्रहरीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले लागूऔषध खैरो हिरोईन ६ ग्राम ६८० मिली ग्रामसहित शनिबार साँझ एक जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका वडा नम्वर ५ घर भई हाल हेटौंडा–२ मनकामना चोकस्थित डेरा गरी बस्ने ३३ वर्षीय सन्तोष पोखरेल रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

प्रहरी नायव उपरीक्षक कार्कीका अनुसार, विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले पोखरेलको डेरा चेकजाँज गर्दा काठको पुजा गर्ने र्याकमा लुकाईछिपाइ राखेको उक्त परिमाणको लागूऔषध बरामद भएपछि निजलाई पक्राउ गरेको हो । पक्राउ परेका पोखरेलमाथि आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको जनाइएको छ ।