नेपाली कांग्रेसले आज चुनावी घोषणापत्र सार्वजनिक गर्दै
काठमाडौं । नेपाली कांग्रेसले आसन्न स्थानीय तह निर्वाचनको लागि आज घोषणापत्र सार्वजनिक गर्दैछ । पार्टी कार्यालय सानेपामा घोषणापत्र सार्वजनिक गर्ने तयारी भए पनि समय भने निश्चित भइनसकेको एक नेताले बताए ।
पार्टीको घोषणापत्र बनाउन कांग्रेसले महामन्त्री गगन थापा संयोजक रहेको घोषणापत्र तयारी समिति बनाएको थियो । समितिका एक सदस्यले घोषणापत्र तयारीको सबै काम सकिएको भन्दै आज त्यसलाई सार्वजनिक गर्ने जानकारी दिए । स्थानीय चुनावका लागि यसअघि नेकपा एमाले, नेकपा समाजवादीलगायतका दलहरुले निर्वाचित लक्षित घोषणापत्र सार्वजनिक गरिसकेको छ ।
