मकवानपुरका पत्रकार पुरस्कृत
मकवानपुर । न्यू मिडिया एकेडेमी प्रा.लि.ले मकवानपुरका क्रियाशिल पत्रकारहरुलाई विभिन्न विधामा पुरस्कृत गरेको छ । एकेडेमीले शनिबार हेटौंडामा एक कार्यक्रमको आयोजना गरी जिल्लामा क्रियाशील पत्रकारलाई पुरस्कृत गरेको हो । एकेडेमीले तेस्रो तथा चौथो हेटौंडा जर्नालिज्म अवार्ड कार्यक्रम अन्तर्गत १३ वटा विधामा उत्कृष्ट पत्रकारहरुलाई पुरस्कृत गरेको हो ।
उत्कृष्ट अनलाईन पत्रकारिता वर्ष अवार्ड—२०७९ बाट रातोपाटीका गणेश दुलाल, उत्कृष्ट वर्ष पत्रकारिता अवार्ड—२०७९ बाट पुरुषतर्फ ग्यालेक्सी टिभिका देवराज पन्त र महिलातर्फ थाहा खबरकी सृजना नेपाल, उत्कृष्ट सम्पादक वर्ष अवार्ड—२०७९ बाट मनहरी एफएमका शिवकुमार रिजाल काशी, उत्कृष्ट खेलकुद पत्रकारिता वर्ष अवार्ड—२०७९ बाट प्रदेश दैनिक पत्रिकाका गणेश दर्पण अधिकारी, उत्कृष्ट आर्थिक पत्रकारिता वर्ष अवार्ड—२०७९ बाट नयाँ पत्रिकाका सुदिप सिवाकोटी, उत्कृष्ट खोज पत्रकारिता वर्ष अवार्ड—२०७९ बाट अनलाइन खबरका अमृत चिमरीया पुरस्कृत भएका हुन् ।
यसैगरी, उत्कृष्ट क्रियाशील पत्रकारिता वर्ष अवार्ड—२०७९ बाट प्रष्ट खबर डटकम वरिष्ठ संवाददाता सुनिल शिवाकोटी, उत्कृष्ट कला पत्रकारिता अवार्ड—२०७९ बाट टिम टेलिभिजनका कपिल खड्का, उत्कृष्ट रेडियो पत्रकारिता अवार्ड—२०७९ बाट रेडियो मकवानपुरकी सम्झना रिजाल, उत्कृष्ट टेलिभिजन पत्रकारिता बर्ष अवार्ड—२०७९ बाट कान्तिपुर टिभीका बालकृष्ण अधिकारी, उत्कृष्ट नवप्रवेशी पत्रकारिता अवार्ड—२०७९ बाट पुरुषतर्फ खबर ब्रेकका सुमन दाहाल र महिलातर्फ पहिलो पोस्ट अनलाइनकी निशा गुरुङ पुरस्कृत भएका हुन् ।
त्यस्तै, कार्यक्रममा मकवानपुरमा रहेर पत्रकारिता क्षेत्रमा योगदान पुर्याएको भन्दै ७ जना पत्रकारहरुलाई सम्मानित गरेको छ । सम्मानित हुनेहरुमा, नेपाल पत्रकार महासंघ बागमती प्रदेशका उपाध्यक्षद्वय रुपेश दुलाल, सम्झना काकी, नेपाल प्रेस युनियन मकवानपुरका अध्यक्ष कुमार अधिकारी (पोष्टराज), नेपाल समाचारपत्र मकवानपुर संवाददाता रोशन पराजुली, नयाँ पत्रिकाका दिपक अधिकारी, नेपाल पत्रकार महासंघ केन्द्रीय सदस्य सुनिल खड्का, नेपाल पत्रकार महासंघ मकवानपुरका निवर्तमान अध्यक्ष हरिप्रसाद हुमागाईं रहेका छन् ।
एकेडेमीले २०७५ मा पहिलो हेटौंडा जर्नालिजम अवार्ड युएईमा सम्पन्न गरेको थियो भने दोस्रो २०७६ मा हेटौंडामा गरेको थियो । २०७५ मा स्थापना गरेको अवार्ड कार्यक्रम कोरोना संक्रमणको कारण दुई वर्षदेखि स्थगित भएको थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्ट, काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत, न्युनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष संगिता खड्कालगायतको उपस्थिति रहेको प्रा.लिका अध्यक्ष मणिराज गौतमले जानकारी दिए ।
