नेकपा एमालेले आज घोषणापत्र सार्वजनिक गर्दै
काठमाडौं । नेकपा एमालेले स्थानीय तहको निर्वाचनका लागि आज घोषणापत्र सार्वजनिक गर्दैछ । उक्त घोषणापत्र च्यासलस्थित तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानमा दिउँसो १ बजेपछि हुने एक कार्यक्रमबीच एमाले अध्यक्ष केपी शर्मा ओलीले सार्वजनिक गर्ने भएका हुन् ।
पार्टीको नीति तथा अनुसन्धान प्रतिष्ठान र स्थानीय विकास विभागले विभिन्न चरणमा छलफल गरेर घोषणापत्र तयार गरेका हुन् । घोषणापत्र सार्वजनिक गरेपछि अध्यक्ष ओलीले सम्बोधन गर्नेछन् । यसअघि एकीकृत समाजवादी, राप्रपा, राप्रपा नेपाललगायत दलहरुले घोषणापत्र र प्रतिवद्धतापत्र सार्वजनिक गरिसकेका छन् ।
