बागमती प्रदेशसभा सदस्य सुवेदीले दिए राजीनामा

तु खबर संवाददाता
२०७९ बैशाख ८, बिहीबार १६:३३

मकवानपुर । बागमती प्रदेशसभा सदस्य विजय सुवेदीले पदबाट राजीनामा दिएका छन् । नेकपा एमालेबाट बागमती प्रदेशसभा सदस्यमा निर्वाचित सुवेदीले सांसद पदबाट राजीनामा दिएका हुन् । सुवेदीले यही बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्न सांसदबाट राजीनामा दिएका हुन् ।

उनले बागमती प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठ समक्ष बिहीबार राजीनामा पत्र बुझाएको बागमती प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए । उनलाई एमालेले चितवनको भरतपुर महानगरपालिकाको मेयर पदमा उठाउने तयारी गरेको छ । सुवेदी भरतपुर महानगरबाट सर्वसम्मत सिफारिस भैसकेका छन् ।