एमाले सचिवालय बैठक बालकोटमा जारी

तु खबर संवाददाता
२०७९ बैशाख ८, बिहीबार १६:२५
file-photo

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक बालकोटमा जारी छ । महानगर र उपमहानगरपालिकाका मेयर तथा उपमेयर उम्मेदवारबारे छलफल गर्न बैठक बोलाएको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।

बैठकले महानगर, जिल्ला हुँदै प्रदेश कमिटीबाट सिफारिस भएर आएका नाममा महानगर र उपमहानगरका उम्मेदवार छान्नेछ । एमालेसहित सबैजसो दलहरु आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि उम्मेदवार चयनमा व्यस्त छन् । निर्वाचन आयोगले बैशाख ११ र १२ गते उम्मेदवार मनोनयनका लागि समय छुट्याएको छ ।