स्थानीय तह चुनावको लागि कांग्रेस बागमतीले तोक्यो जिल्ला संयोजक, मकवानपुरमा लामा

तु खबर संवाददाता
२०७९ बैशाख ८, बिहीबार १६:१५

मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेश समितिका सभापति ईन्द्रबहादुर बानियाँले आसन्न स्थानीय तह चुनावमा कांग्रेस पार्टी र तालमेल गरिएका दलहरुका उम्मेदवारलाई विजयी गराउन बागमती प्रदेशका १३ जिल्लामा संयोजकहरु ताकेका छन् ।

कांग्रेस बागमतीले एक विज्ञप्ती जारी गर्दै उपसभापति चन्द्र महर्जनको संयोजकत्व तथा निर्देशनमा रहने गरी १३ जिल्लाका पालिकाहरुमा तोकिएका प्रदेश प्रतिनिधिहरुसंग समन्वयकारी भूमिका निर्वाह गर्न प्रदेशका पदाधिकारी एवम् सदस्यहरुलाई जिल्ला संयोजक तोकिएको जानकारी गराएको छ ।

कांग्रेस बागमती प्रदेशले काभ्रेपलाञ्चोकमा कञ्चनचन्द्र बादे, काठमाडौंमा राजु श्रेष्ठ, चितवनमा दीर्घमान श्रेष्ठ, ललितपुरमा ऋषिराम घिमिरे, नुवाकोटमा जीवन डंगोल, सिन्धुपाल्चोकमा हरिशरण श्रेष्ठ, भक्तपुरमा कृष्णलाल भँडेल, मकवानपुरमा निमा लामा, धादिङमा सन्तबहादुर प्रजा, दोलखामा प्रभात तामाङ, रसुवामा लामाकार्पु तामाङ, सिन्धुलीमा दीपेन्द्र आचार्य र रामेछापमा भद्रा पराजुली भण्डारीलाई जिल्ला संयोजक तोकिएको हो ।