स्थानीय तहको चुनाव नसकिएसम्म भन्सार एजेन्टको परीक्षा स्थगित गर्न निर्देशन

तु खबर संवाददाता
२०७९ बैशाख ८, बिहीबार १५:२१
file-photo

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको चुनाव सम्पन्न नभएसम्मका लागि भन्सार एजेन्टको परीक्षा नगर्न निर्देशन दिएको छ । आयोगले निर्वाचनको आचारसंहिता लागू भइसकेकाले चुनाव नसकिएसम्मका लागि परीक्षा स्थगित गर्न विभागलाई निर्देशन दिएको हो ।

यससँगै, बैशाख २० गतेलाई तय भएको भन्सार एजेन्टको परिक्षा पुनः सर्ने देखिएको छ । यसअघि, कोभिड–१९ महामारीका कारणले दुई पटकसम्म परिक्षा सरेको थियो । अघिल्लो वर्ष २०७७ साल फागुनमा विभागले भन्सार एजेन्टको आवेदन खुलाएको थियो । त्यसयता दुई पटकसम्म तोकिएको परिक्षा मिति सर्दै आएको थियो । यसपटक पनि परीक्षा सर्ने देखिएको हो । विभागबाट आएको पत्रलाई कारबाही गर्दा तत्काल परिक्षा गर्न आचारसंहिताले नदिने आयोगको भनाइ छ ।