भिरबाट लडेर म्यादी प्रहरीको मृत्यु

तु खबर संवाददाता
२०७९ बैशाख ७, बुधबार १६:१५

काठमाडौं । नुवाकोटमा भिरबाट लडेर एक जना म्यादी प्रहरीको मृत्यु भएको छ । जिल्लाको बेलकोटगढी नगरपालिका–१२ का २६ वर्षीय योगेन्द्र न्यौपानेको भिरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

प्रहरीका अनुसार, उक्त घटना शनिबार बैशाख ३ गतेको हो । मृतक न्यौपाने तालिममा आउने क्रममा सोही वडाको घट्टे फोगडा भिरबाट अन्दाजी एक सय मिटर तल खसेका थिए । भिरबाट लडेर बेपत्ता भएका उनको शव शनिबार साँझ मात्रै फेला परेको थियो ।