कांग्रेसबाट भीमफेदीको अध्यक्षमा तीन जनाको नाम सिफारिस

तु खबर संवाददाता
२०७९ बैशाख ७, बुधबार ०९:१८

मकवानपुर । नेपाली कांग्रेसबाट भीमफेदी गाउँपालिका अध्यक्ष पदका लागि तीन जनाको नाम सिफारिस भएको छ । आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि भीमफेदीको अध्यक्षमा कांग्रेस जिल्ला उपसभापतिसहित तीन जनाको नाम सिफारिस भएको हो ।

कांग्रेस भीमफेदी गाउँपालिका कार्यसमितिको बैठकले पालिका अध्यक्षका लागि जिल्ला उपसभापति आनन्नद कठायत, पालिका सभापति सञ्जीव श्रेष्ठ र नारायण थापाको नाम सिफारिस गरेको हो । यस्तै, बैठकले उपाध्यक्षमा गोपीराम बल, सुमित्रा तामाङ, गोरीमाया लामा, मोमलाल दोङ र शान्ता विकको नाम सिफारिस गरेको कांग्रेस भीमफेदीका सभापति श्रेष्ठले जानकारी दिए ।