मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु
रौतहट । रौतहटको राजपुर नगरपालिका–३ अजाद चोकमा सोमबार राति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रौतहटकै गौर नगरपालिका–८ पुरेन्वा दरबारका अन्दाजी ३० वर्षीय अलि महमद रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, गौरबाट कोप्वातर्फ जाँदै गरेको भारतीय नम्वरको मोटरसाइकल दुर्घटना हुँदा उनी गम्भीर घाइते भएका थिए । घाइते उनको उपचारको क्रममा गौरस्थित जिल्ला अस्पतालमा राती नै मृत्यु भएको हो । उक्त दुर्घटनामा परेर घाइते भएका मोटरसाइकलमा पछाडी सवार १८ वर्षीय धिरेन्द्रप्रसाद साहको सोही अस्पतालमा उपचार भइरहेको छ ।
