मकवानपुरका ९० प्रतिशतले लगाए टाइफाइडविरुद्धको खोप
मकवानपुर । मकवानपुरका ९० प्रतिशत बालबालिकाले टाइफाइडविरुद्धको खोप लगाएका छन् । गत चैत्र २५ गतेबाट सुरु भएको टाइफाइडविरुद्धको खोप अभियान अन्तरगत हालसम्म ९० प्रतिशत बालबालिकाले खोप लगाएको जिल्ला स्वास्थ्य कार्यलय मकवानपुरका जनस्वास्थ्य निरीक्षक बाशु रिमालले जानकारी दिए ।
उनका अनुसार, जिल्लाका १ लाख ८ हजार ४६४ जना लक्षित बालबालिकामध्ये हालसम्म ९० हजार भन्दा बढी बालबालिकाहरुलाई टाइफाइडविरुद्धको खोप लगाईएको छ । उक्त अभियान २४ दिनसम्म संचालन हुनेछ ।
