आइतबार २९ अंकले घट्यो नेप्से परिसूचक
काठमाडौं । नयाँ वर्ष २०७९ सालको शेयरबजार कारोबारको आज पहिलो दिन नेप्से परिसूचक २९ अंकले घटेको छ । गत सालको अन्तिम दिन हरियाली छाएर विदाई गरेको शेयरबजारमा आज २९ दशमलव ६० अंकले घटेको हो ।
आज नेप्सेमा सूचकिृत २३३ कम्पनीको ३३ लाख ३० हजार ८३४ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ४० करोड ६१ लाख २ हजार ४६४ रुपैयाँको कारोबार भएको छ । नेप्से परिसूचक आज १.२३ प्रतिशतले घटेर २३८५.६४ विन्दुमा कायम भएको छ ।
नेप्सेमा रहेको १३ उपसूचक नै आज राताम्य भएका छन् । सर्वाधिक आज बीमा सूचकमा गिरावट आएको देखिएको छ । जीवन बीमा समूहको २००.८७ रुपैयाँ र निर्जिबन बीमा समूहको १२०.६५ अंकले घटेको छ ।



