राप्रपा हेटौंडाको अध्यक्षमा अरुण लामा
मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) हेटौंडा उपमहानगरपालिकाको अध्यक्षमा अरुण लामा चयन भएका छन् । राप्रपा हेटौंडाको शनिबार भएको नगर भेलाले लामालाई अध्यक्षतामा चयन गरेको राप्रपा मकवानपुरका प्रवक्ता विशभ अधिकारीले जानकारी दिए ।
समितिको उपाध्यक्षमा शुक्रराज प्रजा तथा सचिवमा रघुनाथ खराल चयन भएका छन् । राप्रपा केन्द्रीय नेता मधु अधिकारीको प्रमुख आतिथ्यतामा भएको भेलामा राप्रपा मकवानपुरका अध्यक्ष शिबराम थापा, नेताहरु रामहरी न्यौपाने गुञ्जबहादुर न्यौपाने, धु्रब सञ्जेल लगाएतको आतिथ्यता रहेको थियो ।
