आफ्नै घरको पेटीमा लडेर एक जनाको मृत्यु

तु खबर संवाददाता
२०७९ बैशाख २, शुक्रबार १३:०७

पाल्पा । पाल्पाको तानसेनमा आफ्नै घरको पेटीमा लडेर एक पुरुषको मृत्यु भएको छ । जिल्लाको तानसेन नगरपालिका–४ होलाङदीका ६१ वर्षीय केशब महर्जन रहेको आफ्नै घरको पेटीमा लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

प्रहरीका अनुसार, अचानक लडेर घाइते भएका महर्जनको उपचारको क्रममा लुम्बिनी मेडिकल कजेज प्रभासमा मृत्यु भएको हो । उक्त घटनाको बारेमा आवश्यक अनुसन्धान भइरहको जनाएको छ ।