नेकपा एमाले मकवानपुर बैठक : यस्तो छ निर्णय
मकवानपुर । नेकपा एमाले मकवानपुरको तेस्रो पुर्ण कमिटीको बैठक बुधबार सम्पन्न भएको छ । बैठक जिल्ला अध्यक्ष एकलाल श्रेस्ठको अध्यक्षतामा सम्पन्न भएको हो ।
बैठकले स्थानीय निर्वाचन २०७९ का लागि जिल्लाका सबै पालिकाबाट आएको उम्मेदवारहरुको सिफारिस संकलन गर्ने, प्रदेश र केन्द्रमा सिफारिस गर्ने तथा गाउँपालिकाहरु र नगरपालिकाको वडाका उम्मेदवारहरुको सर्वसम्मत उम्मेदवारहरुलाई स्वीकृत गर्ने तथा सिफारिस भएकाहरुलाई छनोट गर्ने जिम्मा पार्टीको जिल्ला इन्चार्ज, सह इन्चार्ज, जिल्ला पदाधिकारीहरुलाई जिम्मा दिइएको छ ।
यस्तै बैठकले अध्यक्ष एकलाल श्रेष्ठको संयोजकत्वमा जिल्लाभर २ हजार ५०१ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ । कमिटीको सहसंयोजकमा लालबहादुर थापा, सचिवमा नवीन सिग्देल तथा उपसचिवमा हिदम लामा र सीता बिष्ट रहेका छन् । यस्तै निर्वाचन परिचालन कमिटीमा एमाले मकवानपुर जिल्ला सचिवालय सदस्यहरु, पालिका इन्चार्जहरु तथा २२ वडा जनबर्गीय संगठनबाट गरि ५५ सदस्यीय सचिवालय गठन गरिएको छ ।
यसैगरी, बैठकले स्थानीय निर्वाचन २०७९ को आचारसंहिता पुर्ण रुपमा पालना गर्ने प्रतिबद्धता जनाएको छ । यस्तै निर्वाचनलाई विश्वसनिय र धाधलीरहित बनाउनका लागि निर्वाचनमा सहभागी हुने जिल्लाका सबै पार्टीहरुलाई ध्यानाकर्षण गराउने तथा निर्वाचनमा सरकारी शक्ति, स्रोत र साधनको प्रयोगमा प्रतिबाद गर्ने निर्णय गरेको छ । साथै मकवानपुरमा रहेका एमालेका ९ हजार ५०० संगठित सदस्यलाई निर्वाचन अवधिसम्म सकृय भई एमालेका उम्मेदवारहरुलाई जिताउन घरदैलो कार्यक्रम गर्ने निर्णय गरेको छ ।
