नेपाल परिवार दलले पनि सूर्य चिन्हबाट चुनाव लड्ने

तु खबर संवाददाता
२०७८ चैत्र ३०, बुधबार १६:४१

काठमाडौं । आगामी बैशाख ३० मा हुने स्थानीय तह निर्वाचनमा नेपाल परिवार दलले पनि सूर्य चिन्ह लिएर चुनाव लड्ने भएको छ । नेकपा एमाले र परिवार दलबीच भएको पाँच बुँदे सहमति अनुसार परिवार दलले सूर्य चिन्ह लिएर चुनाव लड्ने भएको हो ।

निर्वाचनमा दुई दलबीच चुनावी तालमेल गरेर अघि बढ्ने सहमति भएको छ । नेकपा एमालेका स्थानीय विकास विकास विभाग प्रमुख देवेन्द्र दाहाल र परिवार दलका महामन्त्री सन्तोषकुमार पौडेलबीच गठबन्धन गर्ने सहमति भएको हो । सहमति अनुसार नेपाल परिवार दलका उम्मेदवारले सूर्य चिन्ह लिएर चुनाव लड्न पाउने भएका हुन् । निर्वाचनमा विजयी भएपश्चात भने नेपाल परिवार दलमै आबद्ध हुनेछन् ।

देशभरका तालमेल सम्भव पालिकाहरुमा आपसी तालमेल गरेर उम्मेदवार उठाउने सहमति भएको छ । त्यस्तै, नेपाल परिवार दलले आफ्नो उम्मेदवार नभएका सबै ठाउँहरुमा नेकपा एमालेका उम्मेदवारहरूलाई सघाउने र नेपाल परिवार दलका उम्मेदवारहरूलाई नेकपा एमालेले सघाउने सहमति भएको छ । एमालेले यसअघि बुधबार नै कमल थापा नेतृत्वको राप्रपा नेपालसँग पनि सहमति गरेको छ ।