बुधबार शेयरबजारमा हरियाली, ३० अंकले बढ्यो नेप्से

तु खबर संवाददाता
२०७८ चैत्र ३०, बुधबार १६:३३
file-photo

काठमाडौं । आज साताको चौथो दिन शेयरबजारमा हरियाली छाएको छ । आज ३० दशमलव २४ अंकले बढेको छ । अघिल्लो दिन उच्च गिरावट आएको पूँजीबजार आज १ दशमलव २७ प्रतिशतले बढेर २ हजार ४१५ दशमलव २४ विन्दुमा पुगेको छ ।

आज नेप्सेमा सूचीकृत २२९ कम्पनीको ३३ लाख ९८ हजार ६४३ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ४७ करोड ६३ लाख १८ हजार १०४ रुपैयाँको कारोबार भएको छ । नेप्सेमा रहेका १३ उपसूचकमा नै आज हरियाली छाएको छ । आज सर्वाधिक बीमा समूहको बढ्न पुगेको छ । निर्जिबन बीमा समूहको १२९ दशमलव ४५ रुपैयाँले बढेको छ भने जीवन बीमा समूहको १०१ दशमलव ५१ रुपैयाँले बढ्न पुगेको छ ।