एमालेले आगामी बैशाख ९ गते स्थानीय निर्वाचनको घोषणापत्र जारी गर्ने
काठमाडौं । नेकपा एमालेले आगामी बैशाख ९ गते स्थानीय तहको निर्वाचनको घोषणापत्रजारी गर्ने भएको छ । पार्टीका वरिष्ठ उपाधयक्ष ईशवर पोखरेलले आज (मंगलबार) पार्टीका नेताहरुले बुझाएको सुझावपत्र ग्रहण गर्दै सो बारे जानकारी गराएका हुन् ।
वरिष्ठ उपाध्यक्ष पोखरेलले संविधानले स्थानीय तहलाई दिएको अधिकारलाई हक्का राखेर प्रतिवद्धता जारी गर्नुपर्ने बताए । उनले यस पटक नेकपा एमालेले जारी गर्ने स्थानीय तहको निर्वाचनको घोषणापत्र दुई किसिमका हुने जानकारी दिए । उनका अनुसार, केन्द्रबाट जारी गरिने घोषणापत्रमा नेकपा एमालेले स्थानीय तहमा निर्वाचित भइसकेपछि र स्थानीय सरकारमा नेतृत्व प्राप्त गरिसकेपछि कुन क्षेत्रमा कसरी काम गर्ने भन्ने बारेको रहनेछ ।
