नेप्से परिसूचक मंगलबार पनि उच्च अंकले गिरावट

तु खबर संवाददाता
२०७८ चैत्र २९, मंगलवार १६:३०

काठमाडौं । आज साताको तेस्रो दिन पनि शेयर बजारमा उच्च अंकले गिरावट आएको छ । आज नेप्से परिसूचक ३४ दशमलव ७८ अंकले घटेर २ हजार ८५ दशमलव ०२ विन्दुमा झरेको छ । आज नेप्सेमा सूचीकृत ३२७ कम्पनीको ३७ लाख ८३ हजार २४ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ५२ करोड ४३ लाख ६४ हजार ४१८ रुपैयाँको कारोबार भएको छ ।

आज नेप्सेमा रहेका १३ उपसूचक मध्ये होटल तथा पर्यटन समूह बाहेकका सबै सूचक राताम्य भएका छन् । आज सो समूहको ३.१४ रुपैयाँले बृद्धि भएको छ भने सर्वाधिक बीमा समूहको घट्न पुगेको छ । नेप्से ३४ अंकले घट्दा जीवन बीमा समूहको २१४.२३ रुपैयाँ र निर्जिबन बीमा समुहको २३५.१२ रुपैयाँले घट्न पुगेको छ ।