झापामा चट्याङ लागेर थापाको मृत्यु
झापा । झापाको गौरादह नगरपालिका–५ मा आइतबार दिउँसो चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय कार्की चोककी ४० वर्षीया मनमाया थापा रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रहरीका अनसार, घरमा बसिरहेका बेला चट्याङ लागेर गम्भीर घाइते भएकी उनको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटामै मृत्यु भएको हो । झापामा दिउँसो असिना पानीसँगै हुण्डरी र चट्याङ परेको थियो ।
