एमालेद्वारा मकवानपुरगढीमा अध्यक्षको नाम सिफारिस
मकवानपुर । नेकपा एमाले मकवानपुरगढी गाउँपालिकाले आगामी बैशाखमा हुने स्थानीय तह निर्वाचनमा बहालवाला गाउँपालिका अध्यक्षलाई नै उम्मेदवारको रुपमा उठाउने निर्णय गरेको छ ।
आइतबार सम्पन्न गाउँ कमिटीको बैठकले आगामी बैशाख ३० गते हुने स्थानीय निर्वाचनमा बाहालावाल अध्यक्ष विदुर हुमागाईलाई नै पुनः सोही पदमा उम्मेदवार बनाउने निर्णय गरेको हो । यस्तै, बैठकले उपाध्यक्षमा सन्तु थिङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । एमाले मकवानपुरले गाउँ र वडा स्तरमा कार्यकर्ता भेला गरेर आगामी निर्वाचनको लागि उम्मेदवारहरू छनौट प्रक्रिया सुरु गरेको छ ।
एमालेले यसअघि मकवानपुरको थाहा नगरपालिका, बागमती गाउँपालिका, राक्सिराङ गाउँपालिका र भीमफेदी गाउँपालिकाका लागि आगामी निर्वाचनका लागि पालिका प्रमुख र उपप्रमुखसहित वडाध्यक्ष तथा सदस्य पदका उम्मेदवार टुङ्ग्याएर सिफारिस गरेको नेकपा एमाले मकवानपुरका अध्यक्ष एकलाल श्रेष्ठले जानकारी दिए ।



