हेटौंडा १७ मा विवेकशीलको निर्वाचन परिचालन समिति गठन, संयोजकमा आचार्य
मकवानपुर । नेपाल विवेकशील पार्टी हेटौंडा उपमहानगरपालिका वडा नम्वर–१७ ले स्थानीय निर्वाचन परिचालन समिति गठन गरेको छ । पार्टीको शुक्रबार सम्पन्न वडास्तरीय भेलाले सुमन आचार्यको संयोजकत्वमा १७ सदस्यीय समिति गठन गरेको हो । समितिको सदस्यहरुमा अमोद भण्डारी, रविभक्त दाहाल, नविन विष्ट, निररमण रुपाखेती, मिलन ढकाल, सृष्ठि कठायत, सृष्ठि विश्वकर्मा, सन्तोषी खड्कालगायत रहेका छन् ।
पार्टीको तर्फबाट १७ नम्वर वडामा वडाध्यक्ष पदका उम्मेदवार कृष्णदेव भण्डारीको चुनावी अभियानलाई अघि बढाउने उद्देश्यका साथ समिति गठन गरिएको र शनिवारबाटै चुनावी अभियानलाई तीव्र पारिएको समितिका संयोजक आचार्यले तु खबरलाई जानकारी दिए । भेलामा पार्टीको बागमती प्रदेश समिति संयोजक सिंहबहादुर मोक्तान, र प्रदेश समिति सदस्य सुजन मल्लले जनताको घरदैलोसम्म पुगेर उनीहरुको समस्याको पहिचान गरी, त्यसलाई समाधान तथा सहजिकरण गर्ने उपायसहितको घोषणा पत्र बनाई अघि बढ्न निर्देशन दिए ।
उनीहरुले पुराना राजनीतिक दलहरु सत्ता स्वार्थ र भ्रमको खेतिबाट मुक्त भई सबल र समृद्ध वडा निर्माणका लागि विवेकशील पार्टीलाई जनताले मत दिनुपर्ने उल्लेख गरे । त्यस्तै उम्मेदवार भण्डारीले आफुहरु मानवता, स्वतन्त्रता, समानता र स्वाभिमान पहरेदार भएको बताउँदै यस पटक जनताले आफुहरुलाई नै मौका दिने र जनहितका थुप्रै काम गर्ने योजना सुनाए ।

