थपिए १२ जना कोरोना संक्रमित, भए ८९ जना संक्रमणमुक्त

तु खबर संवाददाता
२०७८ चैत्र २५, शुक्रबार १७:३७
file-photo

काठमाडौं । नेपालमा थप १२ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ४ हजार ३ सय ४९ जनाको कोरोना परीक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार, सो अवधिमा २ हजार ७ सय २८ जनाको पीसीआर र १ हजार ६ सय २१ जनाको एन्टिजेन परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको छ । यससँगै देशैभर सक्रिय संक्रमितको संख्या ६ सय ६९ जना पुगेको छ । यस्तै, पछिल्लो २४ घण्टामा ८९ जना संक्रमणमुक्त भएका छन् भने संक्रमणका कारण कुनै पनि व्यक्तिको निधन भएको छैन ।