हेटौँडा सिमेन्ट उद्योगको महाप्रबन्धकमा वसन्त कुमार पाण्डे नियुक्त
मकवानपुर । हेटौँडा सिमेन्ट उद्योग लिमिटेडको महाप्रबन्धकमा वसन्त कुमार पाण्डे नियुक्त भएका छन् । प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले दाङका पाण्डेलाई महाप्रबन्धकमा नियुक्त गर्ने निर्णय गरेको हो ।
खुला प्रतिस्पर्धाबाट महाप्रबन्धक नियुक्तिका लागि गरेको दरखास्त आह्वान गरेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले तीन जनाको नाम मन्त्रिपरिषदमा सिफारिस गरेको थियो । जसमध्येबाट पाण्डेलाई नियुक्त गरिएको हो ।
