गैसस बागमतीको अध्यक्षमा मकवानपुरकी पाठक
मकवानपुर । गैरसरकारी संस्था (गैसस) महासंघ बागमती प्रदेश समितिको अध्यक्षमा मकवानपुरकी आरती पाठक निर्वाचित भएका छन् । बिहीबार हेटौंडामा सम्पन्न दोस्रो अधिवेशनबाट पाठकको नेतृत्वमा सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको हो ।
प्रदेश समितिको उपाध्यक्षमा मकवानपुरकै कमलकुमार बिश्वकर्मा, सचिवमा नरेश कुमार श्रेष्ठ, सहसचिवमा मीनकुमार केसी र कोषाध्यक्षमा सुमित्रा चेपाङ चयन भएका छन् । यस्तै, सदस्यहरुमा क्रमशः रिता मानन्धर, गणेश भण्डारी, अनिता नेपाली र देवकी पौड्याल चयन भएका छन् ।
अधिवेशन संस्थाका अध्यक्ष दामोदर अर्यालको सभाध्यक्षता तथा बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेको प्रमुख आतिथ्यतामा भएको हो । कार्यक्रममा बागमती प्रदेश सदस्य मुनु सिग्देल, जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलाल, प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे, पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतम, बागमती प्रदेशका संचार रजिष्टार रेबती सापकोटा, गैसस केन्द्रिय अध्यक्ष रामप्रसाद सुवेदीलगायतले मनतव्य व्यक्त गरेका थिए ।
