बर्डफ्लु नियन्त्रणका लागि हेटौंडाको रातोमाटेमा चेकपोष्ट स्थापना

तु खबर संवाददाता
२०७८ चैत्र २४, बिहीबार १७:०३

मकवानपुर । बर्डप्लु नियन्त्रणका लागि हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५ रातोमाटे चेकपोष्टको स्थापना गरिएको छ । बागमती प्रदेश सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले बर्डफ्लु नियन्त्रणका लागि हेटौंडामा चेकपोष्टको स्थापना गरेको हो ।

बर्डफ्लु रोग धेरै जिल्लामा फैलिएकाले यसको नियन्त्रणका लागि अस्थायी चेकपोष्ट स्थापना गरेर काम सुरु गरिएको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय हेटौंडाले जनाएको छ । अस्थायी चेकपोष्टको प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्री बसुन्धरा हुमागाईंले एक कार्यक्रमबीच उद्घाटन गरेका हुन् ।

चेकपोष्ट उद्घाटन कार्यक्रममा मन्त्रालयका प्रतिनिधिहरु, पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय हेटौंडाका निर्देशक मुगलप्रसाद साह, मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी बद्रीप्रसाद गैरे, ससस्त्र प्रहरी, जनपथ प्रहरी, मकवानपुर उद्योग वाणिज्य संघका प्रतिनिधिहरु, कुखुरा व्यावसायी संघका प्रतिनिधिहरु लगायतकाको सहभागिता रहेको थियो ।