हेटौंडा–१३ वनस्पतीमा प्रहरी भवन उद्घाटन
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १३, वनस्पतीस्थित नवनिर्मित प्रहरी भवनको उद्घाटन गरिएको छ । शौचालयसहित निर्माण भएको ३ कोठे भवनको बुधबार एक कार्यक्रमबीच जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक सुरेन्द्रबहादुर गुरुङले उद्घाटन गरेका हुन् ।
उद्घाटन कार्यक्रम सामुदायिक प्रहरीका अध्यक्ष विश्व आले मगरको सभाध्यक्षतामा भएको हो । करिब ११ लाख ६१ हजार रुपैयाँमा निर्माण भएको निर्माण समितिका अध्यक्ष तेजकुमार स्याङ्तानले जानकारी दिए । उनका अनुसार, भवन निर्माणका लागि भौतिक योजना मन्त्रालयको १० लाख बजेट तथा शान्ति विकास संस्थाले १ लाख ७२ हजार रुपैयाँ सहयोग गरेको थियो ।ba
